श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ७.७० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ३.३० प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

मंसिर १४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

[email-subscribers-form id="2"]
TOP