एमाले उपाध्यक्षः अष्टलक्ष्मी सर्वाधिक मतसहित विजयी

एमाले उपाध्यक्षः अष्टलक्ष्मी सर्वाधिक मतसहित विजयी

नेकपा एमालेको उपाध्यक्षमा केपी ओलीले प्रस्ताव गरेका सबै निर्वाचित भएका छन् ।

पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजय भएकी छिन् । उनले झण्डै २ हजार मत पाएकी छन् । उनले १९७६ मत पाएकी छिन् ।

यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् ।

घनश्याम भुसालले भने जम्मा ७२५ मत पाएका छन् ।

यो सँगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका छन् ।

[email-subscribers-form id="2"]
TOP