मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर १५ देखि बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर १४ गतेसम्म कायम सेयरधनिहरुले मात्रै लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन।

मुक्तिनाथले गत आर्थिक बर्ष १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव मुक्तिनाथको पन्धरौँ बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिमा लाभांश वितरण हुनेछ।

हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रहेको छ। लाभांश वितरणपछि मुक्तिनाथको चुक्तापुंजी ५ अर्ब ६५ करोड पुग्नेछ।

मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय भएकाले मङ्सिर १४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै मुक्तिनाथको बार्षिक साधारणसभामा भाग लिन तथा बैकले गत आर्थिक बर्ष घोषणा गरेको लाभांश प्राप्त गर्नेछन।

साधारणसभाका एजेन्डामा लाभांश पारित गर्ने प्रस्ताव सहित आर्थिक बर्ष २०७७-०७८ को ब्यालेन्स सिट पारित गर्ने, लेखापरिक्षक नियुक्ति गर्ने, मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण पारित गर्ने, संचालक समितिका अध्यक्ष तथा संचालकको सेवा सुविधा पुनरावलोकन गर्ने, उचित सँस्था पाए त्यससंग मर्जर तथा प्राप्तिका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव रहेका छन्।

[email-subscribers-form id="2"]
TOP