इटलीमा गुगल र एप्पललाई भारी जरिवाना

इटलीमा गुगल र एप्पललाई भारी जरिवाना

इटलीमा विश्वका दुई दिग्गज टेक कम्पनीहरु गुगल र एप्पललाई भारी जरिवाना गरिएको छ।

इटलीमा प्रयोगकर्तासँग जोडिएका जानकारीहरुको आक्रामक ढंगले व्यावासयिक प्रयोग गरिएकोमा दोषी ठहर गिर्दै गुगल र एप्पललाई भारी जरिवाना गरिएको हो। यी दुवै कम्पनीलाई इटलीको एन्टीट्रस्ट नियामकले १–१ करोड युरोको जरिवाना लगाएको छ।
यो जरिवाना नियामकको अधिकार क्षेत्रभित्र पर्ने सबैभन्दा धेरै धनराशिको जरिवाना भएको पनि एन्टीट्रस्टले जनाएको छ। एन्टीट्रस्टले कम्पनीहरुबीचको स्वस्थ प्रतिस्पर्धालाई बढावा दिने काम गर्छ।

यी दुवै कम्पनीले भने आआफ्नो वक्तव्य जारी गर्दै इटलीको नियामकबाट गरिएको निर्णयप्रति असहमति जनाएका छन्। उनीहरुले यो निर्णयविरुद्ध अपिल गर्ने पनि उल्लेख गरेका छन्।

[email-subscribers-form id="2"]
TOP