ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंक सञ्चालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते आइतबार अन्तिम दिन हो ।

बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ। जस अनुसार आज आईतबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् ।

मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा विहान १० वजे हुँदै गरेको सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने छ । त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ भने प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत रहेको छ ।

[email-subscribers-form id="2"]
TOP