
नेकपा एमालेको १० औँ महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनमा ५ लाख मानिस उतार्ने दाबी गरेको एमालेले सबैभन्दा बढी बागमती प्रदेशबाटै कार्यकर्ता उतार्ने भएको छ ।
५ हजार गाडी ‘रिजर्भ’
एमाले महाधिवेशनका लागि ५ हजार गाडी रिजर्भका लागि बुकिङ भईसकेको ‘रिपोर्टिङ’ महाधिवेशन व्यवस्थापन समितिमा पुगेको छ । एमाले चितवन जिल्ला कमिटीका अनुसार सबैतिरबाट नेता कार्यकर्ता आउन ६ हजार बढी गाडीहरु आवश्यक देखिएपनि ५ हजार मात्रै बुकिङ भएको जानकारी आएको छ ।
बाँकी गाडीको व्यवस्थापन गर्ने भन्दापनि हवाई यात्राले त्यसको पुर्ति गर्ने दाबी एमालेको छ । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलका अनुसार बागमती प्रदेशबाट मात्रै ३ लाख कार्यकर्ता सहभागी हुनेछन् । प्रदेश नम्बर २ बाट १ लाख, लुम्बिनी प्रदेशबाट ७५ हजार र गण्डकी प्रदेशबाट ५० हजार कार्यकर्ता सहभागी हुने आँकलन गरिएको छ ।
प्रदेश १ बाट ३० हजार तथा कर्णाली र सुदूरपश्चिमबाट भने सम्भव भएसम्म स्वतःस्फुर्त रुपमा मानिसहरु आउने देखिएको एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेकी महाधिवेशन व्यवस्थापन समितिकी सदस्य दिलकुमारी रावल ‘पार्वती’ ।
११ ठाउँमा पार्किङ
एमालेले महाधिवेशन उद्घाटनस्थल नजिकै ११ ठाउँमा गाडी पार्किङको व्यवस्था गरेको छ ।
बुटवल तिरबाट आउने सवारीका लागि नारायणी नतर्दै गैँडाकोटको भृकुटी कागज कारखानामा पार्किङको व्यवस्था मिलाईएको छ । पूर्वी नाकाबाट प्रवेश गर्नेलाई भरतपुर बसपार्कमा यात्रु ओलार्ने र टिकौली जंगलको चौरमा पार्किङको प्रवन्ध गरिएको छ । काठमाडौं, पोखरा क्षेत्रबाट मुग्लिङ हुँदै चितवन छिर्ने गाडी आँपटारीमै रोकिनेछन् ।
गाडी कहाँ पार्किङ गर्ने, र्याली कताबाट निक्लिने भन्ने जानकारी एमालेले पार्टीको एप्सबाट सबैलाई म्यासेज जाने व्यवस्था मिलाएको छ ।
चितवन प्रशासनले शुक्रबार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र मुख्य सहरी क्षेत्रमा गाडी चलाउन रोक लगाउनेछ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पैदल यात्रा मात्रै गर्न पाईनेछ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
१ महिना अगाडि
१ महिना अगाडि
३ वर्ष अगाडि