
[email-subscribers-form id="2"]
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर आज मंसिर ६ गतेबाट लिलामीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको १ लाख १६ हजार ४६४ कित्ता सेयर लिलामीमा राखिएको हो। यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकातिश भएको ३५ दिनभित्र बोलपत्र अवेदन पेस गर्नुपर्नेछ।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेत्र गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
निर्धारित मितिमा सेयर बिक्री नभएमा नियामक निकाय बीमा समितिको निर्देशनबमोजिम कम्पनीको उक्त सेयर अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
१ महिना अगाडि
१ महिना अगाडि
३ वर्ष अगाडि