
[email-subscribers-form id="2"]
आज मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ । सोमबार तोलाको ९३ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १६ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ३ सयमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा १६ सयले नै घटेर ९१ हजार ८ सयमा झरेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि