प्रि ओपन सेसन अपडेटः साढे ४ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः साढे ४ अंक बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन १६.९५ अंक बढेर २८०१.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.६१ अंक बढेर २८०६.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१५ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा २३ कम्पनीको १ करोड १३ लाख ६९ हजार रुपैयाँ बराबरको १९ हजार ८२४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

[email-subscribers-form id="2"]
TOP