नेपाल राष्ट्र बैंकले कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको जनाएको छ । आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बिच एकीकृत कारोबार शूभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंक तथा लघुवित्तहरु आवश्यक संख्याबारे अध्ययन भईरहेको बताएका हुन् ।
राष्ट्र बैंकका संचालक रेग्मीले आजको मिति सम्म नेपालमा लघुवित्तहरुको संख्या ६८ वटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको बताएका हुन् । उनले केही नितिगत कुराहरुमा समेत सुधार गर्नु पर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न.१० मा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ गरेको हो ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि