विजय लघुवित्तको लाभांश घोषणा

विजय लघुवित्तको लाभांश घोषणा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५४ प्रतिशत नगद लाभांश गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ रहेको छ। २०.०३१ प्रतिशतका दरले ५ करोड ३४ लाख २ हजार ५१५ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

[email-subscribers-form id="2"]
TOP