रिडी हाइड्रोपावरसँग मर्ज हुन लागेको रैराङ्गको नाफा घट्यो

रिडी हाइड्रोपावरसँग मर्ज हुन लागेको रैराङ्गको नाफा घट्यो

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीसँग मर्ज हुन लागेको रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

कम्पनीले सो अवधिसम्ममा ४ करोड ६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ६२ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो।

सो अवधिसम्ममा कम्पनीले रैराङ्ग खोलाबाट २५ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ भने इवा खोलाबाट ८ करोड ९४ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ९.४९ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ३६.६८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैया १४ पैसा घटेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.४७ गुणा रहेको छ।

[email-subscribers-form id="2"]
TOP