गुठीसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गर्छु: मन्त्री श्रेष्ठ

गुठीसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गर्छु: मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी कानून बनाउँदा सरोकारवालासँग छलफल गर्ने बताएकी छिन् ।

गुठीसँग सम्बन्धित सरोकारवालहरुसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले साँस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै गुठीलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् ।

उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताइन् । छलफलमा सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनुपर्ने, यो सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।