रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का

रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ।

नेप्सेले गाभिने प्रयोजनार्थ कम्पनीको शेयर कारोबार रोक्का गर्न लागेको हो। रैराङ हाइड्रोपावर रिडी हाइड्रोपावरमा गाभिन लागेको हो। यी दुई कम्पनीले कात्तिक १७ गते एक आपसमा गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

दुबै कम्पनीको संयुक्त कारोबार शुरु नहुन्जेलका लागि दोस्रो बजारमा रैराङ हाइड्रोपावरको कारोबार रोक्का गरिएको हो।