बीमा समितिले किर्ते दाबी गर्नेलाई कारबाही गर्ने जनाएको छ । बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा पेश गरी ठगी लगायतका बीमा सम्बन्धि कसूर गर्ने गरेको पाइएको जनाउदै समितिले त्यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने जनाएको हो ।
किर्ते कागजातहरु पेश गरी ठगी गर्ने नियतले बीमा दाबी भुक्तानीको प्रयास हुन गरेको गुनासो आउने गरेको समितिले जनाएको छ ।
त्यस्ता कानुन विपरितका कृयाकलापहरुबाट बीमा व्यवसायमा समेत नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरु पनि पीडित भई बीमा क्षेत्र प्रति जनविश्वास घट्न जाने समितिको भनाई छ।
यसका साथै बीमा क्षेत्रको शाखामा समेत ह्रास आउने भएकोले त्यस प्रकारको गलत क्रियाकलापमा संलग्न हुने बीमक, बीमकको कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर र अन्य सम्बद्ध व्यक्ति तथा संस्थाहरु माथि कारबाही गरिने समितिले जनाएको छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
१ वर्ष अगाडि
१ वर्ष अगाडि
३ वर्ष अगाडि