झिनो अंकले बढ्यो बैंक अफ काठमाण्डूको नाफा

झिनो अंकले बढ्यो बैंक अफ काठमाण्डूको नाफा

बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको ३ महिनामा २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड १४ लाख खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको बैंकको नाफा गत वर्षको प्रथम त्रैमासको तुलनामा १ करोड ६ लाखले बढी हो ।

बैंकको वितरणयोग्य नाफा २ करोड ९२ लाख रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी ७९ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकको खुद व्याज आम्दानी ७६ करोड ९९ लाख रुपैयाँ थियो ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत वर्ष ११.३० रुपैयाँ रहेको बैंकको ईपीएस यस वर्ष १०.५० रुपैयाँमा झरेको छ ।

प्रथम त्रैमासमा बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

[email-subscribers-form id="2"]
TOP