सबै सूचकमा मेगा बैंकको उल्लेख्य प्रगति

सबै सूचकमा मेगा बैंकको उल्लेख्य प्रगति

मेगा बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा लोभलाग्दो प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत बर्षको यस अवधिको तुलनामा बैंकको खुद नाफा करिब ५१ प्रतिशतले बढेर ६० करोड ७९ लाखबाट ९१ करोड ४६ लाख पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८३ लाख रहेको छ।

यस अवधिमा बैंकको निक्षेप गत बर्षको तुलनामा ३.९७ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब पुगेको छ भने कर्जा लगानी पनि ३.२७ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब पुगेको छ।

यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी १ अर्ब ५१ करोड पुगेको छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनमा करिब १४ प्रतिशतले बढी हो। गत बर्षको यस अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ३३ करोड थियो।

यस अवधिमा बैंकको चुक्तापुंजी १४ अर्ब ६५ करोड रहेको छ भने रिजर्भमा ६ अर्ब ५९ करोड रहेको छ। त्यस्तै खराब कर्जा अनुपात १.०१ प्रतिशतबाट घटेर ०.८९ प्रतिशतमा झरेको छ।

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा, प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा, मुल्य आम्दानीको अनुपात १३.२१ गुणा रहेको छ।

[email-subscribers-form id="2"]
TOP