प्रि ओपन सेसन अपडेट : २.३२ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेट : २.३२ अंक बढ्यो नेप्से

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३२ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७८.८२ अंक बढेर २७५१.०७ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २.३२ अंक बढेर २७५३.४० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा २६ कम्पनीको ३५ लाख ९५ हजार ३६१ रुपैयाँ ३० पैसा बराबरको ५ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयर सो सेसनमा स्थिर रहेको छ।

[email-subscribers-form id="2"]
TOP