गणेशमानले नागरिक सर्वोच्चताका लागि व्यक्तिगत स्वार्थ गौण राख्नुभयो : प्रकाशमान सिंह

गणेशमानले नागरिक सर्वोच्चताका लागि व्यक्तिगत स्वार्थ गौण राख्नुभयो : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवनकाल भर गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्यक्तिगत स्वार्थलाई गौण राखेको बताएका छन् ।

नेपाली राजनीतिले गणेशमान सिंहबाट सिक्नुपर्ने त्यागको भावना नसिकाले अहिल राजनीतिप्रति निराशा छाएको गणेशमानका पुत्र समेत रहेको नेता सिंहले बताए ।

आज गणेशमान सिंह फाउण्डेसको वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेण्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले ६ दशक भन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौम सत्ता सम्पन्न गराउन खेलेको भूमिकाको स्मरण गर्दै खेल मार्फत नयाँ पुस्तामा गणेशमान सिंहको व्यक्तित्व पुर्‍याउनुपर्ने बताए ।

प्रजातन्त्रको स्थापना भएसँगै राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा यो संघर्ष म आफै प्रधानमन्त्री बन्न होइन भनेर उनले अस्विकार गरेको उनको भनाइ छ ।

राजाले बनाएको प्रधानमन्त्री भन्दा जनताले चुनेको नेताले मुलुकको नेतृत्व गर्छ भन्ने सन्देस दिन गणेशमानले प्रधानमन्त्री पद अस्वीकार गरेको प्रकाशमानले बताए । समाज, राष्ट्र र प्रजातन्त्रको जगेर्नामा आदर्शको रुपमा स्थापित भएको र अहिलेको पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति बढिरहेको बेला गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए भन्ने कुरा नयाँ पुस्ता सम्म पुर्याउनु जरुरी रहेको उनले बताए ।

[email-subscribers-form id="2"]
TOP