एनसेल आजियाटा लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । एनसेलले प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएपछिको दोस्रो वर्षको साधारणसभा गर्न लागेको हो । कम्पनीले कार्तिक २९ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा आह्वान गरेको हो ।
कम्पनीले सभामा कम्पनीको ऋण सम्बन्धमा र आर्थिक वर्ष ७७/७८ मा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरुमा गरेको खर्च अनमोदन गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ।
त्यस्तै साधारण प्रस्तावमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफारनोक्सान हिसाब तथा नगद प्रवाह लगायत वितिय विवरण पारित गर्ने , कम्पनीको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०७७/७ ८ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने , सञ्चालकको पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरु पारित गर्ने लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ।
दुर संचार सेवा प्रदायक कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानु पर्ने बाध्यकारी ब्यबस्था अनुसार एनसेल २ वर्ष अगाडी पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने बाटो खुलेको छ । यद्यपि आईपिओ निष्काशन अनिवार्य भने छैन ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
१ वर्ष अगाडि
१ वर्ष अगाडि
३ वर्ष अगाडि