सिटिजन्स इन्टरनेश्नल बैंकले बार्षिक साधारणसभा आब्हान गरेको छ। बैंकको यहि असोज २५ गते बसेको संचालक समितिको ३८० औं बैठकले कात्तिक १६ गतेका लागि साधारणसभा डाकेको बैंकले जनाएको छ।
साधारणसभा प्रयोजनार्थ बैंकले यहि असोज २२ गतेको लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार असोज २१ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन।
गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, प्रबन्धपत्र संसोधन गर्ने, बैंक जारी तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन।
बैंकले गत आर्थिक बर्षको कमाईबाट १२.९१३ प्रतिशत बोनस र कर प्रयोजन सहित ३.०८७ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन।
बैंकले डाकेको १५ औं बार्षिक साधारणसभाबाट नयाँ संचालक समिति तथा अध्यक्ष चयन हुनेछन।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि