ग्लोबल आइएमई बैंकको लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैंकको लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।