सोल्टी होटेलले डाक्यो वार्षिक साधारणसभा, सेयरधनीको हात हुने भयो खाली

सोल्टी होटेलले डाक्यो वार्षिक साधारणसभा, सेयरधनीको हात हुने भयो खाली

सोल्टी होटेल लिमिटेडले आफ्नो ४७ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ताहाचलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।

कम्पनीले गत आर्थिक वर्षका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन। यसको अर्थ सेयरधनीहरुको हात खाली हुने भएको छ।

सभा प्रयोजनका लागि कम्पनीले आउँदो मंसिर ६ गतेदेखि मंसिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेलको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

[email-subscribers-form id="2"]
TOP