२९% लाभांश वितरण गर्न शिवम सिमेन्ट्सले बोलायो साभारण सभा

२९% लाभांश वितरण गर्न शिवम सिमेन्ट्सले बोलायो साभारण सभा

गत आर्थिक २०७७/०७८ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न शिवमले साधरण सभा बोलाएको छ। कम्पनीले कात्तिक १६ गते मंगलबार, होटल सोल्टी काठमाडौंमा विहान १० बजे छैठौं वार्षिक साधारण सभा डाकेको हो। सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी कम्पनीको चुक्ता पूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तय संस्थाहरुबाट था कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ।

कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागि हुन इच्छुक शेयरधनीहरुलाई कम्पनीले भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

[email-subscribers-form id="2"]
TOP