युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
युनिलिभर नेपालको ६५० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज असोज २४ गते आईतबार अन्तिम दिन हो। कम्पनीले वार्षिक साधारण सभा र नगद लाभांश प्रयोजनार्थ असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्नेछ।

जसअनुसार आज आइतबारसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन्। कम्पनीले कात्तिक ११ गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ। सभा कम्पनीको कपोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजेदेखि हुनेछ ।

सभामा लाभांश वितरणको प्रस्ताव सहित आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान, नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव रहेको छ ।

[email-subscribers-form id="2"]
TOP