
[email-subscribers-form id="2"]
आज बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक ६८.४७ अंकले वृद्धि भएर बन्द हो । केही दिन यता लगातार घटेको बजार मंगलबार देखि फर्किएसँगै आज पनि सोही गति लिएको हो ।
आज २२७ धितोपत्रको ८२ लाख ८९ हजार कित्ता ४ अर्ब ५० करोड रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको भएको छ । यो कम्पनीको २३ करोड ४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
त्यस्तै १२ वटा धितोपत्रहरुको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । ९ प्रतिशतभन्दा बढीले मूल्य बढ्ने धितोपत्रहरु ७ वटा रहेका छन् । कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि