असोज मसान्तको प्रभावले झनै घट्यो शेयर बजार

असोज मसान्तको प्रभावले झनै घट्यो शेयर बजार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ। असोज मसान्तको ब्याज तिर्न र चार्डपर्वको लागि रकम जोहो गर्न खोज्दा नेप्से सूचक झनै दबावमा देखिएको हो।

यस दिन नेप्से सूचक ५५.९३ अकंले घटेर २५७७.४९ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ११ अंकले घटेको छ।

यस दिन २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँमा खरिद बिक्री भएको छ।

आइतबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि ३.३३ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ।
यस दिन मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घटेको छ भने स्वाभिमान लघुवित्तको ६.०५ प्रतिशत,सबैको लघुवित्तको २.०८ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको १.७३ प्रतिशतले बढेको छ।

यस्तै गुहेश्वरी मर्चेण्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.१९ प्रतिशतले घटेको छ भने रैराङ हाइड्रोपावरको ९.१३ प्रतिशत,माउन्टेन हाइड्रोको ८.५५ प्रतिशत, छ्याङ्दी हाइड्रोको ७.९९ प्रतिशत र युनाइटेड मोदि हाइड्रोपावरको ७.८७ प्रतिशतले घटेको छ।

यस दिन अपि पावरको सबैभन्दा धेरै १५ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको १४ करोड २४ लाख रुपैयाँ, रिडि हाइड्रोको १४ करोड १० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।