पन्डोरा पेपर्स आज सार्वजनिक हुदै, आर्थिक अनियमितताको खुलासा गर्ने

पन्डोरा पेपर्स आज सार्वजनिक हुदै, आर्थिक अनियमितताको खुलासा गर्ने

खोज पत्रकारहरूको अन्तराष्ट्रिय संस्था आइसीआइजेले आज हालसम्म कै ठूलो आर्थिक अनियमितताको खुलासा गर्दै छ । आज बेलुकी नेपाली समय अनुसार १०:१५ बजे यसबारेको खुलासा हुने भएको छ ।

आइसीआइजेका अनुसार विश्वभरका ६ सय जना खोज पत्रकारले १ करोड १९ लाख बढी फाइलहरुको अनुसन्धान गरेर यो खुलासा गर्न लागेका हुन् । यसलाई पन्डोरा पेपर्स नाम दिईएको छ ।

नेपालको खोज पत्रकार केन्द्रले पनि यसमा खोज गरेको छ । केन्द्रका पूर्व सम्पादक शिव गाउँलेका अनुसार प्यान्डोरा पेपर्सको के छ नेपाल नाता भन्ने विषयमा खोज पत्रकारितामा काबिल नेपाली पत्रकारहरुको टीमले पनि ११ महिना लगाएर खोज गरेको छ । उनका अनुसार नेपाल सहितका विश्वभरका १ करोड १९ लाख गोप्य फाइलमाथि विश्वभरका ११७ देशका १५० मिडियाका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोज आज सार्वजनिक हुन लागेको हो ।

अन्तर्राष्ट्रिय आर्थिक घोटाला, आर्थिक नियमितता, र आर्थिक घोटालाका विषयहरु यसमा समावेश हुने बताईएको छ । विश्वका नेता, ब्यापारी तथा विभिन्न उच्च प्रदस्थहरुबारे र विभिन्न क्षेत्रका हाई प्रोफाइल मानिने ब्यक्तिको खुलासा यस मार्फत आउँने छन् ।

आइसीआइजेले यस अघि पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स नामक खुलासा गरेको थियो । ति खुलासामा नेपालका ब्यापारी तथा विभिन्न उच्च प्रदस्थहरुबारे र विभिन्न क्षेत्रका हाई प्रोफाइल मानिने ब्यक्तिहरुले कसरी कर छलि गरिरहेका छन् , कसरी अवैध धनको कारोबार गरिरहेका छन्, र कसरी विदेशमा धन लुकाई रहेका छन् भन्ने विषयका पर्दाफास भएका थिए।

हालसम्म कै ठूलो खोज भनिएकोले पन्डोरा पेपर्सले पनि यस विषयमा थप खुलासा गर्ने अनुमान गरिएको छ।

[email-subscribers-form id="2"]
TOP