साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा आह्वान

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा आह्वान

साल्ट ट्रेडिङ कर्पोरेशनले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १६ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६ /७७ को मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्। त्यस्तै ऋण लिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा कार्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

[email-subscribers-form id="2"]
TOP