पौने चार अर्ब पनि पुगेन कारोबार रकम

पौने चार अर्ब पनि पुगेन कारोबार रकम

साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से घटेर बन्द भएको छ । आज नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ बिन्दूमा कायम भएको छ ।ख
आज कारोबार रकममा भने भारी गिरावट आउको छ । यो दिन कारोबारमा आएका २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच हुँदा मात्रै ३ अर्ब ७० कारोड २९ हजार बराबरको कारोबार भएको हो ।
यद्यपी आज तीन कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।