सूचीकृत भएको ४ दिनसम्म पनि मानुषी लघुवित्तको शेयर कारोबार भएन

सूचीकृत भएको ४ दिनसम्म पनि मानुषी लघुवित्तको शेयर कारोबार भएन

मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकत भएको चौथो कारोबार दिनसम्म पनि खरिदबिक्री हुन सकेन।

नयाँ सूचीकृत हुने कम्पनीको दोस्रो बजारमा कारोबार हुनको लागि पहिले स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनुपर्ने हुन्छ। कम्पनीको शेयर स्पेशल प्रि ओपन सेसनमै कारोबार हुन नसकेपछि आजसम्म पनि कारोबार हुन सकेको छैन।

लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर गत आइतबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८.०७ प्रसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। यहि रेञ्जमा रहेर लघुवित्तको पहिलो शेयर कारोबार हुनुपर्नेछ।

नेप्सेले लघुवित्तको कारोबार संकेत एमएलबीएस प्रदान गरेको छ। त्यस कारोबार संकेतमा लघुवित्तको शेयर किनेबेच हुनेछ।

[email-subscribers-form id="2"]
TOP