लयमा फर्किको सेयरबजार

लयमा फर्किको सेयरबजार

काठमाडौँ । साताको चौथो कारोबार दिन आज बजार आफ्नो लयमा फर्किएको छ । लामो समयदेखि घटेदै आएको बजारमा हिजो सामान्य वृद्धि भएको थियो भने आज नेप्से सूचक उच्च अंकले बढेको छ ।

यो दिन नेप्से १०४.८८ अंकले बढेर २८१६ को बिन्दूमा आएको हो ।

आज कारोबारमा २२१ कम्पनी आएका थिए । यी कम्पनीको कुल १ करोड २१ लाख २२ हजार दुई सय ९८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ३९ लाख बराबरको कारोबार भएको हो ।

यो दिन सम्पूर्ण समूहको सूचकमा पनि वृद्धि भएको छ ।

१४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

आजको दिनमा १४ कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । यो दिन प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक, मल्टीपर्पोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, यूीनभर्सल पावर कम्पनी, युनियन हाईड्रोपावर, हिमालयन दोलखा हाईड्रोपावर, लिर्वटी एनर्जी कम्पनी र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

[email-subscribers-form id="2"]
TOP