रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) को लाभांश सुरक्षित गर्ने आज (असोज ६ गते) अन्तिम दिन हो।

कम्पनीले लाभांश वितरण तथा १५ औं र १६ औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते बिहीबार बुक क्लोज गर्ने भएको छ।
कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ। सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर सोबापत लाग्ने कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश हुनेछ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट हुनेछ। सभामा संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।

[email-subscribers-form id="2"]
TOP