निफ्राले ८.५ प्रतिशत नगद लाभाश दिने

निफ्राले ८.५ प्रतिशत नगद लाभाश दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लगानीकर्तालाई नगद लाभांश दिने भएको छ ।

निफ्राले आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश प्रस्ताव गर्दै गत आर्थिक वर्षको नाफाबाट ८.५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव अगाडी सारेको हो ।

बैंक सञ्चालक समितिको हिजो असोज (४ गते) बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वय गरिने बैंकले जनाएको छ।