नेप्सेमा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

नेप्सेमा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ। ३३ प्रतिशत नगद लाभांशमा योजनाको मूल्य समायोजन भएको हो।
समायोजनपछि योजनाको इकाई मूल्य १२ रुपैयाँ ८५ पैसा कायम भएको छ। समायोजन अघि योजनाको इकाई मूल्य १६ रुपैयाँ १५ पैसा रहेको थियो।

सानिमा इक्विटी फण्डले योजनाको आकार १ अर्ब ३० करोडको कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ। योजनाले आज लाभांश बितरणको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो। यस हिसाबमा भदौ ३१ गतेसम्म कायम इकाईधनीले मात्र म्युचुअल फण्डले दिने लाभांश पाउँन सक्ने छन्।

[email-subscribers-form id="2"]
TOP