यी हुन् शेरबहादुर देउवा पुत्र जयवीरसिंह

यी हुन् शेरबहादुर देउवा पुत्र जयवीरसिंह

काठमाडौं। शेरबहादुर देउवा र आरजु राणाका सन्तानबारे तपाईंलाई थाह छ ?देउवा दम्पतीमा एक जना सुपुत्र छन् । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा सामाजिक सञ्जालमा उतिसारो सक्रिय छैनन्।त्यसैले उनको पारिवारीक कुरा बाहिर आउँदैन । देउवा पत्नि डा. आरजु राणापनि सामाजिक सञ्जालमा आक्कल झुक्कलमात्र देखिने गर्छिन् । हालसम्म उनका छोरा पनि सामाजिक संजालमा सक्रिय भएको पाईदैन् ।

यसरी लुकाएर राखेका देउवा पुत्र जयवीरसिंह देउवाको तस्वीर सार्वजनिक भएको छ । पछिल्लो समय आरजुले फेसबुकमा आँफू, श्रीमान र छोरासहितको तस्वीर सार्वजनिक गरेकी छन् ।

यो तस्वीरमा देउवा दम्पतीका साथ छोरा जयवीरसिंह पनि छन् । छोरा सामाजिक सञ्जालमा त्यती देखिदैनन् । जयवीरसिंह देउवा दम्पतीका एक्ला सन्तान हुन् । उनीबारे नेपाली समाजमा त्यति जानकारी पनि छैन किनभने उनी बेलायतमा बसेर अध्ययन गरिरहेका छन्।

देउवाका छोरा अहिले २७ वर्षका भए । उनले बेलायतको यूनिभर्सिटी अफ योर्कबाट राजनीतिशास्त्र अध्ययन गरीरहेका छन् । देउवालाई पछिल्लो समय पुस्ता हस्तान्तरणको दवाव छ । उनी आफैं ७५ बर्ष माथि भएपनि सभापति हुने र आगामी चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुने सपना पालेर बसेका छन् । तर नेपाली काँग्रेसमा ६ जना बढि अध्यक्षका प्रत्यासी छन्।

यस्तो दवावको समयमा आरजुले परिवार भनेको समुन्द्रमा आएको आँधीमा लाइफ ज्याकेट हो भन्दै छोरा र श्रीमान्को तस्वीर सार्वजनिक गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले छोरालाई सक्रिय राजनीतिमा ल्याउन लागेको संकेतको रुपमा धेरैले बुझेका छन्।

आरजु राणाले उक्त तस्वीर नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा बाहिरिएकाले देउवाले छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय त पार्दै छैनन् भन्ने शंका उत्पन्न भएको छ । यसअघि पनि जयवीर राजनीतिमा सक्रिय हुने चर्चा चलेको थियो तर उनी बिदेशमा भएका हुनाले त्यो चर्चा मै सिमित रहेको थियो।

प्राप्त जानकारी अनुसार सुरुमा आरजु छोरा राजनीतिमा आउन हुन्न भन्ने पक्षमा थिईन् । तर देउवा भने छोरा छोरा सकृय राजनिती नै गह्रोस भन्ने चाहन्छन्।

[email-subscribers-form id="2"]
TOP