घनचक्करमा सुदूरपश्चिम प्रदेश: सांसदलाई दोहोरो स्पष्टीकरण

घनचक्करमा सुदूरपश्चिम प्रदेश: सांसदलाई दोहोरो स्पष्टीकरण

धनगढी । गत १० जेठमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर १२ जेठमा बसेको माधव पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई व्श्विासको मत दिने र नदिने विषयमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा हात हालाहाल समेत भयो । तथापी मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरे।

यता प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उल्लङ्घन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्न तयारी अगाडि बढाइएको उनको भनाइ छ।

‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अपराधपूर्ण काम हो । यो क्षम्य हुन सक्दैन,’ थापाले भने, ‘ती सबै सांसदलाई कारबाही हुन्छ । उहाँहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिनेछ ।’ थापाले विश्वास मत दिने प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसदलाई पार्टीबाट निष्कासन गरिने बताए।

उता मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने सात सांसदलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने केपी ओली पक्षका सात सांसदलाई स्पष्टीकरण सोधेका छन् ।
विपक्षमा मतदान गर्ने एमालेका पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीलाई संसदीय दलले सोध्यो स्पष्टीकरण सोधिएको हो।

स्पष्टीकरण पत्रमा संसदीय दलको ह्वीप उल्लंघन गरी गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गरेकोले जेठ २६ गतेभित्र स्पष्टीकरण दिन भनिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेसमेत चेतावनी दिइएको छ । मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका थिए । जसमा माधव नेपाल पक्षका १७ जनाले भट्टलाई विश्वासको मत दिएका थिए भने ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका थिए।

[email-subscribers-form id="2"]
TOP