काठमाडौं उपत्यका अन्तर्गतका तीन जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने भएपछि बुद्ध एयरले आजदेखि १६ गतेसम्मका लागि उडान संख्या थप गरी मध्यरातसम्म उडान गर्ने भएको छ ।
निषेधाज्ञापछि हवाइ यात्रा पनि कठिन हुने भएकाले यात्रुहरुलाई सकेसम्म छिटो गन्तव्यसम्म पुग्न सहज होस भनेर उडान संख्या थपिएको बुद्ध एयरले जानकारी दिएको छ।
हाल दिनमा १३० उडान गरिरहेको बुद्धले यात्रुको मागका आधारमा उडान थप गर्ने सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए। उनकाअनुसार यात्रुको माग भएसम्म एयरलाइन्स राति उडान हुने विमानस्थलमा मध्यरातसम्म उडान गर्ने छ।
एयरलाइन्सले हाल उडान गरिरहेका गन्तव्यमा दैनिक रुपमा उडान थप गरिएको र जान चाहने यात्रुहरुले अनलाइन माध्यम तथा ट्राभल एजेन्सी वा सिधै कार्यालयमा फोन गर्न बुद्धले आग्रह गरेको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि