पढ्नै पर्ने पुस्तकः कसरी ढल्दै छ पुँजीवाद ?

पढ्नै पर्ने पुस्तकः कसरी ढल्दै छ पुँजीवाद ?

विश्वचर्चित अमेरिकी लेखक जेरेमी रिफ्किद्वारा लिखित वेष्टसेलर पुस्तक ‘जेरो मार्जिनल कष्ट सोसइटी’को नेपाली संस्करण शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज बजारमा आएको छ । नाफामा आधारित पुँजीवाद कसरी ढल्दै छ र त्यसको समानान्तरमा सहयोगी समाजको उदय कसरी भइरहेको छ भन्नेबारे गहन तथ्यहरु प्रस्तुत गरएको यस पुस्तकको नेपाली भाषमा अनुवाद तथा सम्पादन रमेश सुनुवार र राजकुमार श्रेष्ठले गर्नुभएको हो ।

जेरेमी रिफ्किन एक अमेरिकी लेखक, सार्वजनिक वक्ता, आर्थिक तथा सामाजिक सिद्धान्तकार, राजनीतिक सल्लाहकार र अभियानकर्ता हुन् । उनले २१ पुस्तकहरु लेखेका छन्, जुन अर्थतन्त्र, श्रमशक्ति, समाज र पर्यावरणमाथि वैज्ञानिक तथा प्राविधिक परिवर्तनहरुको प्रभावमा केन्द्रित छन् । यी पुस्तकहरुमध्ये प्रमुख ‘कामको अन्त्य’ ( The End of Work ), ‘तेस्रो औद्योगिक क्रान्ति’ ( qmflGtÚ -The Third Industrial Revolution ) र ‘शून्य सीमान्त लागत समाज’ ( Zero Marginal Cost Society ) हुन् । ‘कामको अन्त्य’ मा विज्ञान–प्रविधिको उच्च विकास भएपछि मानव–श्रम विस्थापित भएको छ र त्यसबाट कामको अन्त्य भएको छ भन्ने कुराको वर्णन गरिएको छ । त्यसैगरी ‘तेस्रो औद्योगिक क्रान्ति’ मा नयाँ ऊर्जाको रुपमा नवीकरणीय ऊर्जाको आगमनले अब विश्वव्यापी रुपमा ऊर्जाको पहँुच हुने अवस्था सृजना भएको तथ्य उद्घाटन गरिएको छ । यो पुस्तक विश्वमा सर्वाधिक बिक्री हुने पुस्तकहरुमा पर्दछ । चिनियाँ प्रधानमन्त्रीले यसलाई अत्यन्तै महत्व दिएका थिए र उनकै सिफारिसमा चीनमा ५००,००० प्रति छापिएको थियो
‘शून्य सीमान्त लागत समाज’ (श्भचय ःबचनष्लब िऋयकत क्यअष्भतथ) सन् २०१४ मा प्रकाशित भएको थियो । यस पुस्तकमा लेखकले तीनवटा विषयहरुको वर्णन गरेका छन्– विज्ञान तथा प्रविधिको प्रधानता, प्रचुरताको अर्थतन्त्र र सहयोगी समाजको उदय । यिनीहरुकै आधारमा अब पूँजीवादको अन्त्य हुँदै छ भन्ने उद्घोष गरिएको छ । जस्तो कि यो पुुस्तकको शुरुमै भनिएको छ–“पूँजीवादी युग छिटो नभए पनि अनिवार्य रुपमा समाप्त हुँदै छ । त्यसको स्थानमा नयाँ आर्थिक ढाँचा ‘सहयागी समाज’ को उदय भइरहेको छ, जसले हाम्रो जीवनशैली परिवर्तन गर्दछ ।”
यस पुस्तकमा पुँजीवाद कसरी ढल्दै छ भन्नेबारे तथ्य र तर्कपूर्ण सामग्री प्रस्तुत गरिएको छ । पुँजीवादीहरुले अजर, अमर र शास्वत छ भनेको पुँजीवाद कसरी ढल्दैछ ? के समाजवादी क्रान्तिको लहरले पुँजीवाद ढाल्दै छ त ? होइन, तर ढल्दैछ । यो पुस्तक पूँजीवादको मृत्युको घोषणाको तर्कपूर्ण तथ्यहरुको संगालोे हो ।
मानव समाजले अरु सामाजिक र राजनीतिक प्रणालीहरुभन्दा छोटो समयमा तीव्र विकास गरेको र छिटै अस्ताउन लागेको आर्थिक राजनीतिक प्रणाली हो– पूँजीवाद । गतिका आर्थिक नियमहरुको अध्ययनले बताउँछ कि पँुजीवाद पनि नाश हुनेछ । तर यहाँ जेरेमी रिफ्किन माक्र्सको विश्लेसनको आधारमा होइन, विज्ञान प्रविधिको असाधारण कार्यक्षमताका कारण उत्पादनमा आएको प्रचुरताले नाफामुखि पूँजीवादको अवसान र सहयोगी समाजको उदय अनिवार्य बनिरहेको छ भन्ने निष्कर्षमा लेखक पुगेका छन् ।
अब नाफामा आधारित पूँजीवादको स्थान शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज (जो पहिल्यैदेखि अस्तित्वमा थियो र अहिले प्रभावी बन्दै गइरहेको छ) ले लिइरहेको छ । आजको विश्व राजनीति र अर्थनीतिलाई बदलिएको आँखाबाट हेर्नलाई यो पुस्तक उपयोगी सावित हुनेछ । आज अरबौं मान्छेहरुलाई जोड्ने इन्टरनेटको सञ्जालको विकास भएको छ, जसले हाम्रो ज्ञानलाई पनि साझा बनाएको छ । अब कोही पनि एकल सर्वज्ञानी रहेन । संसारभरको उन्नत विषय हामी क्षणभरमै पढ्न, सिक्न र बाँड्न सक्ने भएका छौं । अब बौद्धिक सम्पति पनि सबैको साझा हुन गएको छ । अभावपूर्ण उत्पादनप्रणालीबाट मानव समाज प्रचुर उत्पादनतर्फ फड्को मारिरहेको छ । विज्ञानप्रविविधको जगमा बन्दैगरेको नयाँ विश्वग्रामबारे बुझ्न सबैले एकपटक यो पुस्तक सबैले पढ्नैपर्छ ।

[email-subscribers-form id="2"]
TOP