ओली सरकारको विकल्प छैन :मन्त्री पद्मा अर्याल

ओली सरकारको विकल्प छैन :मन्त्री पद्मा अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छिन् । आज वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठ्ने गरे पनि ओली सरकारको विकल्प नरहेको बताएकी हुन् ।

मन्त्री अर्यालले वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडि बढेको दाबी गरिन् । कम्युनिष्ट पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाइ थियो ।

[email-subscribers-form id="2"]
TOP