युनाईटेड इदी–मार्दीको आइपीओमा आवेदन गर्ने आज अन्तिम दिन

युनाईटेड इदी–मार्दीको आइपीओमा आवेदन गर्ने आज अन्तिम दिन

युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा आवेदन गर्ने मंसिर ७ गते आइतबार अन्तिम दिन रहेको छ। कपनीले आज बैंकिंग समयपश्चात आइपीओ बिक्री बन्द गर्न लागेको हो।

कम्पनीले मंसिर २ गतेदेखि सर्वसाधारणमा ८ लाख ७३ हजार ९१० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। उक्त शेयरमा ५ गुणा भन्दा बढी आवेदन परसकेको छ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

[email-subscribers-form id="2"]
TOP