सुनको भाउमा वृद्धि, चाँदीको मूल्य स्थिर

सुनको भाउमा वृद्धि, चाँदीको मूल्य स्थिर

मंसिर ७ गते, आईतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । यस दिन सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन, शुक्रबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस अघिको सातामा सुनको मूल्यमा सामान्य उतार चढाव देखिएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी शुक्रबारकै मूल्य अर्थात प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी गएको साताको सबैभन्दा उच्च रही एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।