प्रि ओपन सेसन अपडेटः ०.२६ प्रतिशत बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः ०.२६ प्रतिशत बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२६ प्रतिशत बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २.३९ अंक घटेर १६४०.६४ विन्दुमा पुगेको नेप्से यस दिन सो सेसनमा ४.३१ अंक बढेर १६४४.९५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा २१ कम्पनीको ३३ लाख १५ हजार २६१ रुपैयाँ बराबरको ७ हजार ५३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।