प्रि ओपन सेसन अपडेट : ०.८६ प्रतिशत बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेट : ०.८६ प्रतिशत बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.८६ प्रतिशत बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ४१.२० अंक बढेर १६४७.४६ विन्दुमा बन्द भएको नेप्से यस दिन प्रि ओपन सेसनमा १४।१९ अंक बढेर १६६१.६५ विन्दुमा पुगेको छ। सो अवधिमा सेन्सेटिभ इण्डेक्स १.७४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३५ कम्पनीको ३४ लाख ८६ हजार ७७१ रुपैयाँ बराबरको १० हजार ६५७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।