अब चागुनारायणका युवाले बेरोजगार बस्नु पर्दैन: मेयर सोम मिश्र

अब चागुनारायणका युवाले बेरोजगार बस्नु पर्दैन: मेयर सोम मिश्र

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिकाले मेयर उद्धमशिलता कार्यक्रममा सहभागी हुन सुचना जारी गरेको छ ।
नगरपालिकाले आफ्ना युवाहरूलाई आफ्नै नगरमा उद्धम गरि स्वोरोजगार हुने अवसर प्रदान गर्न नगरभित्र मेयर उद्धमशिलता कार्यक्रम ल्याएको हो।


चागुनारायण नगरपालिकाको सातौं नगरसभाबाट स्वोजगार हुने अवसर प्रदान गर्न, स्वीकृत मेयर उद्धमशिलता विकास कार्यक्रम अन्तर्गत सहुलियत पूर्ण कर्जामा व्याज अनुदानका लागि यस नगरपालिका भित्र स्थायी बसोबास गर्ने बेरोजगार व्यक्तिहरु, युवा, महिला, दलित तथा विपन्न वर्गका व्यक्तिहरुलाई लक्ष्ति गरि कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालीकाले प्राथामीकता निर्धारण गर्दा विशेषगरी कोरोना (कोभिड-19) का कारणले जागीर गुमाएका यूवाहरुलाई पहिलो प्राथामीकतामा राखेको छ ।

यस कार्यक्रममा सहभागी हुन चाहने सबै चागुनारायण नगरपालिकाका स्थायी बासिन्दाहरुले सम्बधित वडा कार्यलय वा नगरपालिकाको वेभसाईट www.changunarayanmun.gov.np बाट निवेदन पेश गर्न सकिन्छ ।

शुन्य प्रतिशत व्याजमा प्राप्त गरीएको अनुदान रकम भने पाँचवर्ष भित्र पटक पटक गरी साँवा चुक्ता गर्नु पर्ने छ ।
आफ्ना नगरका युवाहरुले बेरोजगार बस्नु नपर्ने, वा रोजगारका लागि बिदेश जानू नपरोस् भनेर यस्तो कार्यक्रम ल्याइएको मेयर (नगर प्रमुख) सोम प्रसाद मिश्रले बताउनु भयो।

[email-subscribers-form id="2"]
TOP