प्रि ओपन सेसन अपडेटः ०।०६ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः ०।०६ अंक बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०।०६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५।६६ अंक घटेर १५५६।८० विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०।०६ अंक बढेर १५५६।८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।०४ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६ कम्पनीको २ लाख ६६ हजार ८०० रुपैयाँ बराबरको १ हजार ८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

[email-subscribers-form id="2"]
TOP