[email-subscribers-form id="2"]
आगामी बिहीबार बस्ने तय भएको माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित भएको छ ।
गत शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले २२ औं बार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
बैंकले कोरोना संक्रमण बढेको र आसन्न चाडपर्वको कारण शेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई ध्यानमा राखी यही ६ गते पोखरामा गर्ने तय भएको साधारणसभा स्थगित भएको जनाएको छ ।
बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट चुक्ता पूँजीको ३।३७ प्रतिशतका दरले नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) र चुक्ता पूँजीको ७।०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि