
[email-subscribers-form id="2"]
एजेन्सी – सबार्धिक चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टी(ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज शनिबार यूएईमा सुरु हुँदैछ ।
कोरोना भाइरसको महामारीका कारण यूएईमा गरिएको प्रतियोगितामा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स भिड्दै छन् ।
मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीचको पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि