जापानमा खुल्यो साढे चार करोड लगानीमा नेपाली रेष्टुरेन्ट ‘च‍‍ाैतारो’

जापानमा खुल्यो साढे चार करोड लगानीमा नेपाली रेष्टुरेन्ट ‘च‍‍ाैतारो’

जापान । जापानमा व्यावसायिक छवी बनाएका केशव अधिकारीले ४ करोड ५० लाख लगानीमा बनेको चौतारो नामक नेपाली रेस्टुरेन्ट संचालमा आउने भएको छ। उक्त नेपाली रेस्टुरेन्ट यही जुन १५ बाट संचालमा आउने अधिकारीले जानकारी दिए।

जापानको कामाता स्टेसनबाट ३ मिनेट पैदल हिंडेपछी उक्त रेस्टुरेन्टमा पुग्न सकिन्छ। अहिले सजावटको भब्य तयारीमा रहेको रेस्टुरेन्ट झट्ट हेर्दा नेपालको म्युजियम जस्तो देखिन्छ । रेस्टुरेन्टमा नेपाली कला सस्कृति झल्कने बिभिन्न तस्बिरहरुको अबलोकनसहित खाना र नास्ताको सेवा लिन पाइन्छ।

सम्पूर्ण खाना सेटहरु टिपिकल नेपाली स्वादमा खान पाइने संचालक अधिकारीले बताए। रेस्टुरेन्ट क्यबिनसहित २ सय ५० जना अट्न सक्ने क्षमताको रहेको छ। बिशेष गरी नेपाली ग्राहकको हकमा सस्तो मुल्यमा खसिको मासु, चामल लगायत दैनिक खाद्यबस्तु किन्न सक्ने ब्यबस्था समेत उक्त रेस्टुरेन्टमा रहेको छ।

नेपालीहरुको लागि नि:सुल्क, रेमिटेन्स सुबिधा रहेको पनि संचालक अधिकारीले जानकारी दिए। अधिकारीले मासिक १ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएका छन्। चौतारोले एउटै छाना मुनी बिभिन्न नेपाली परिकारहरुको स्वादसहित नेपाली कला र सस्कृतिलाई छहारी दिने अधिकारिले बताए।

लामो समयदेखी जापानमा व्यावसायसंगै सामाजिक काममा समेत सक्रिय रहदै आएका अधिकारी नेपालीहरुबिच चिर पारीचित नाम हो। अधिकारी व्यावसायीको तर्फबाट पछील्लो समय एनआरएनए कोरोना कोषमा सबै भन्दा धेरै रकम जम्मा गरेर चर्चामा आएका थिए।