
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेकोकोभिड–१९ रोगलेविभिन्न उद्योग, होटल, हवाई सेवा मात्र नभई शिक्षा क्षेत्रमा पनि ठुलो प्रभाव पारेको छ । नेपाल पनि यो विश्वव्यापी माहामारीको प्रभावबाट उत्तिकै प्रभावित भैरहेको छ । यस कठिन परिस्थितिमा शिक्षकहरुले सिकाउने र विद्यार्थीहरुले सिक्ने सहज वातावरण तयार गर्दै निमा एकेडेमी यँहाहरुकोसाथमा आएको छ ।
शिक्षण सिकाइलाइ निरन्तरता रहोस्र घरमा नै विद्यार्थी तथा शिक्षकहरु शिक्षण सिकाइमा संलग्न भई आफ्ना कार्यहरु अगाडि लैजान सक्नुहोस् भन्ने उद्घेश्यका साथमा निमा एकेडेमीले विद्यार्थी केन्द्रीत पाठ्यवस्तु तयार गरेको छ ।
आफ्ना बालबालिका पछि पर्लान् भन्ने चिन्ता नलिनुहोस्
आजको विशेष परिस्थितीमा आफ्ना बालबालिकाहरु शिक्षा आर्जनमा पछि पर्ने हुन्कि भन्ने चिन्ता अभिभावकहरुलाई हुन सक्छ । तर घरमा नै बसेर पनि विद्यार्थीहरुले आफ्नो ज्ञान बृद्घि गर्ने थुप्रै उपायहरु छन्। तिनै उपायहरु मध्ये निमा एकेडेमी एप (Neemacademy app) को प्रयोग पनि एक हो। यस एपको सहायताले विद्यार्थीहरुले अन्तरक्रियात्मक पाठ्यसामग्री, ३D/२D एनिमेशन, भिडियो, GIFs, Gamification र हाजिरी जवाफ खेल्दै पढ्न र सिक्नसक्छन्। अहिले लकडाउनको समय अवधिभर यो एपलाई निशुल्क प्रयोग गर्न सकिन्छ ।
Neemacademy एपमा कक्षा १ देखी कक्षा ५ र कक्षा १० का विद्यार्थीहरुले पाँच अनिवार्य विषयका पाठ्यक्रममा आधारित पाठ्यसामग्रीहरु अध्ययन गर्न सक्नुहुनेछ । साथै यस app मा अन्य थुप्रै कला, विज्ञान र ज्ञानका कुराहरुका साथै वैज्ञानिक प्रयोगहरु प्नि घरमानै बसेर सक्नुहुनेछ ।
विद्यार्थी, शिक्षक र अभिभावकका लागि समाधान
विद्यार्थी र शिक्षक दुबैले पढ्न र पढाउन मिल्ने गरी Neemacademy Learner App र Neemacademy Instructor App तयार गरिएको छ । शिक्षालाई कागज विहिन (paperless) बनाउदै digital गर्ने र सिकाई प्रक्रियामा नयाँ अवधारणाहरु ल्याउने योजना रहेको अवगत गराउँदछौँ । विद्यार्थी, शिक्षक र अभिभावक बीच सुमधुर सम्बन्ध स्थापना गर्दै शैक्षिक
ज्ञानलाई एकीकृत समाधान दिने प्रतिवदताका साथ निमा एकेडेमी यहाँसमक्ष उपस्थित छ ।
घरबाटै सिकाइको प्रक्रिया अगाडि बढाउन Neemacademy ले “Play, Learn and Create with Neemacademy, Stories by Let’s Read Asia and Learn about Covid-19 courses” समेत समावेश गरेको छ ।
हाम्रो ब्लग पढिदिनु भएकोमा धन्यवाद । स्वास्थ्यको ख्याल राख्दै Neemacademy को
अध्ययन जारी राखौं ।
Neemacademy app डाउनलोड गर्नको लागि तल दिइएका लिंकहरु प्रयोग गर्नुहोस्।
Google Play Store:
Learner: https://bit.ly/2BsXQlY
Instructor: https://bit.ly/2RkDhjI
App Store:
Learner: https://apple.co/2YrvNMH
Instructor: https://apple.co/2wo5Pl3
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
६ महिना अगाडि
६ महिना अगाडि
३ वर्ष अगाडि